arrow

पन्जसिर कब्जा गरेको तालिबानको दाबी, विपक्षी समूहद्वारा अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
afghanistan-anti-taliban.jpg

काठमाडौं। तालिबानले अफगानिस्तानको पन्जसिर प्रान्त पूर्णरुपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । अफगानिस्तानमा तालिबानले पन्जसिर मात्रै नियन्त्रणमा ल्याउन नसकेको प्रान्त हो ।

यद्यपि, पन्जसिरमा तालिबान विरुद्ध लडिरहेको समूह नेशनल रेसिस्टेन्ट फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ)ले भने यसको अस्वीकार गरेको छ । एनआरएफका प्रवक्ता अलि मैसमले भने तालिबानको दाबी झुटो रहेको बताएका हुन् ।

एनआरएफका नेता अहमद मसूदले आइतबार तालिबानसँग शान्ति वार्ताका लागि तयार रहेको बताएका थिए । तालिबानले १५ अगस्तमा अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा ल्याएको थियो ।

त्यसयता देशका सबै प्रान्तहरू पनि तालिबानले आफ्नो नियन्त्रणमा ल्याइसकेको छ । यद्यपि, पन्जसिरमा भने तालिबान विरोधी समूह र तालिबानबिच द्वन्द्व चर्किएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ