- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। ताइवानले ठुलो सङ्ख्यामा चिनियाँ लडाकु विमान आफ्नो हवाई रक्षा क्षेत्रमा पसेको बताएको छ ।आइतबार ताइवानको रक्षा मन्त्रालयले १९ विमान र परमाणु बमवर्षक क्षमताका 'एयरक्राफ्ट' आफ्नो हवाई रक्षा क्षेत्रमा पसेको बताएको हो ।
ताइपेई (ताइवानकाे राजधानी)मा पछिल्लो समय चिनियाँ सेनाले आफ्नो प्रभुत्व बढाएको छ । चीनले ताइवानलाई आफ्नो प्रान्तका रूपमा हेर्दै आएको छ भने, ताइवानले आफूलाई एक सार्वभौम राज्यका रूपमा मान्छ ।
चीनले यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन । यसअघि जुन १८ माचिनियाँ विमान ताइवानको रक्षा क्षेत्रमा घुसेका थिए ।