देउवाको जिल्लाको क्रियाशील सदस्यता टुंगियोः २० जिल्लाको अझै टुंगिएन
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
1.6k
Shares
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंगिन बाँकी २१ जिल्ला मध्ये सभापति शेरबहादुर देउवाको जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले डडेलधुराको क्रियाशील सदस्यता सार्वजनिक गरिएको जानकारी दिए ।
उनका अनुसार हिजो साँझ डडेलधुराको सदस्यता सार्वजनिक गरेर निर्वाचन अधिकृतलाई जिल्ला पठाइएको हो । सो जिल्लामा वडा अधिवेशन भने निर्वाचन समितिले जिल्ला नेतृत्वसँगको समन्वयमा तोक्ने यादवले जानकारी दिए ।
कांग्रेसको अहिलेसम्म ५७ जिल्लाको सदस्यता सार्वजनिक भएको छ । अझै २० जिल्लामा भने अहिलेसम्म कहिले वडा अधिवेनश हुने भन्ने टुंगो छैन ।