arrow

तालिबानसँग मिलेर जान पश्चिमालाई पाकिस्तानको सुझाव

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ २१ सोमबार
moeed-yusuf-pak-national-security-adviser.jpg

काबुल। पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले पश्चिमाहरूले पाकिस्तानको कुरा नसुनेका कारण अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकारले मुलुक छोड्नुपरेको बताएका छन्। उनले अफगानी नागरिकको सुरक्षाका लागि पश्चिमा मुलुकहरूले तालिबानसँग मिलेर समावेशी सरकार गठनका लागि सहयोग गर्नुपर्ने आवश्यकता भएकोसमेत बताएका छन्।

पाकिस्तानको कुरा नसुनेका कारण पश्चिमा मुलुकहरू अहिले आफैँ लज्जित भएको उल्लेख गर्दै अब तालिबान नेतृत्वको सरकार गठनका लागि पश्चिमाहरूले मिलेर समावेशी सरकार बनाउनुपर्ने उनले बताएका हुन् । 

अफगानिस्तानको पूर्वी छिमेकीसँग घनिष्ठ र विवादास्पद सम्बन्ध रहेको तर तालिबान सरकारलाई पूर्णता दिनु हुँदैन भनेर इस्लामाबाद विरुद्ध कूटनीतिक हमला भएकोसमेत उनको टिप्पणी छ । 

पाकिस्तानले पश्चिमा मुलुकहरूलाई तालिबानी सरकारलाई समर्थन गरेर आर्थिक सहायतालाई निरन्तरता दिनुपर्नेसमेत बताएका छन् । मोइद युसुफले यदि पश्चिमले सन् १९९० को गल्ती दोहोर्‍याएको अवस्थामा एउटा सुरक्षा शून्य स्थापित गर्ने र जसले पहिले पाकिस्तानमा र त्यसपछि पश्चिममा आतङ्कवादको पुनरुत्थान गराउनेसमेत उनले बताएका छन् ।

घानी प्रशासनको पतन सही साबित भएको र पाकिस्तानी सीमामा धेरै शरणार्थीहरूले समस्याको सामना गरिरहेको उनले बताएका छन् । यसले एक अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको अवस्थामा स्थिर अफगानिस्तान बन्नबाट वञ्चित हुने बताएका छन् । 

युसुफले तालिबान सरकारलाई एक समावेशी सरकारको मान्यता दिएर अफगानी नागरिकको मौलिक अधिकार सुरक्षित गर्नका लागि सहयोग पुर्‍याउन आग्रह गरेका हुन् । 

यसअघि तालिबानी सत्ताले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले स्वागत गर्दै अफगानी नागरिकहरू दासत्वबाट मुक्त भएको दाबी गरेका थिए । तर, अफगानिस्तानमा तालिबानी सत्ताविरुद्ध विभिन्न अन्य आतङ्कवादी सङ्गठनहरूले धावा बोलिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ