arrow

तालिबान लडाकुद्वारा पाकिस्तान जाने मुख्य भूमि अवरुद्ध

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ २१ सोमबार
taleban.jpg
फाइल तस्बिर

काबुल। तालिबान लडाकुहरूले पाकिस्तान प्रवेश गर्ने मुख्य सीमा क्षेत्र अवरुद्ध गरेका छन् । तालिबानी समूहले अफगानिस्तानमा कब्जा गरेपछि हिंसाको सामना गर्नुपर्ने त्रासका कारण सीमा क्षेत्रबाट अफगानी नागरिक हरूले देश छोड्न थालेपछि तालिबानी लडाकुहरूले मुख्य सीमा क्षेत्रमा अवरुद्ध गरेका छन् । 

तालिबानले बिहीबार राती पाकिस्तानसँगको सीमा क्षेत्रबाट भाग्न खोजेका अफगानी नागरिकहरूलाई रोकेको छ । तालिबानी समूहले अफगानी नागरिकहरूलाई यातना दिन थालेपछि अफगानी नागरिक हरूले मुलुक छोड्न सीमा क्षेत्रमा पुगेका हुन् । 

राजधानी काबुलबाट १८० किलोमिटरको दूरीमा रहेको तोरखाम क्रसिङ हो । विमानस्थलबाट मुलुक छोड्न नसक्ने समुदायका नागरिकहरू यो क्रसिङबाट बाहिरिने क्रम बढ्न थालेपछि तालिबानीहरुले अवरुद्ध सिर्जना गरेका हुन् । 

तर बिहीबार अफगानिस्तानको सीमामा अफगान पक्षका मानिसहरू भेला भएको भन्ने कुनै रिपोर्ट सार्वजनिक भएको छैन । तालिबानले आफ्ना लडाकुहरूलाई मानिसहरूलाई सीमा नजिक आउनबाट रोक्नका लागि चेतावनी समेत दिएका छन् । 

अफगानी नागरिकहरूलाई मुलुकभित्रै बन्द गरेर मुलुक सुरक्षित भएको सन्देश प्रवाह गर्नका लागि तालिबानी लडाकुहरूले अफगानी हरुलाई सीमा नजिक आउन दिएका छैनन् । पाकिस्तानमा थप शरणार्थीहरूलाई लिन सक्ने अवस्था नभएका कारण पाकिस्तानले पनि तोरखाम सीमा क्षेत्र बन्द गरिदिएको छ । 

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले हप्ताको सुरुमा अफगानी नागरिकहरूलाई सीमा क्षेत्रबाट लुकीछिपी बाहिरिने क्रमलाई रोक्न आग्रह गरेका छन् । उनले अमेरिकालाई पनि अफगानी हरुलाई मुलुकबाट लैजाने काम तत्काल रोक्न चेतावनी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ