- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एल साल्भाडोर कानुनी रूपमा बिटक्वैन अपनाउने संसारकै पहिलो देश बनेको छ । मंगलबार अर्थात् आजदेखि एल साल्भाडोरले कानुनी रुपमा बिटक्वैन अपनाएकाे हाे ।
यसअघि सोमबार एल साल्भाडोर ४० वर्षीय राष्ट्रपति नायब बुकेलेले थप २ सय बिटक्वैन खरिद गरेको बताएका थिए । याे भन्दा पनि पहिले एल साल्भाडोरले २०० वटा बिटक्वैन खरिद गरेको थियो ।
अहिले पछिल्लो बजार मूल्य अनुसार एल साल्भाडोरले किनेको ४०० वटा बिटक्वैनको मूल्य झन्डै २ करोड १० लाख अमेरिकी डलर रहेको छ ।
एल साल्भाडोरमा अब, अमेरिकी डलरसँगै बिटक्वैनमा समेत कारोबार गर्न सकिने छ । अब, कुनै पनि व्याक्तिले कुनै पसलमा गएर सामान खरिद गरेपछि आफूसँग बिटक्वैन भएमा बिटक्वैनमै भुक्तानी गर्न सक्नेछ ।
राष्ट्रपति बुकुलेले आफ्नो देशले थप बिटक्वैन खरिद गर्ने बताएका छन् । यसबाहेक साल्भाडोरका नागरिकहरूले चिभो वालेट नामक एप समेत डाउनलोड गर्न सक्नेछन् ।
सरकारले डेभलप गरेको यो एपमा नागरिकले ३० डलर बराबरको बिटक्वैन प्राप्त गर्न सक्नेछन् । बिटक्वैनको प्रयोग बढाउन यस्तो गरिएको बताइएको छ ।