arrow

बेलायतमा ७० लाख पुगे संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ भदौ २२ मंगलबार
corona-test-england.jpg

लन्डन । बेलायतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको संक्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो । 

बेलायतमा सोमवारमात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी संक्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका संक्रमित थपिने क्रम बढ्दै गएको छ ।

यसैगरी यहाँ गएको २४ घन्टामा ४१ हजार नयाँ संक्रमित थपिएको पनि पाइएको जनाइएको छ । यहाँ हालैका दिनहरुमा कोरोनाकै कारण निधन हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । 

यहाँ यो भाइरसबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको संक्रमण बढ्दै गएको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ