arrow

मुल्ला अखुन्दलाई प्रधानमन्त्री बनायो तालिबानले, मोष्ट वान्टेड हक्कानी गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
afghanistan-taliban-akhund-.JPG
तस्वीर–मुल्ला मोहम्मद हसन अखुन्द ।

काठमाडौं । काबुल कब्जाको २२ दिनपछि तालिबानले अफगानिस्तानमा सरकार गठन गरेको छ । जसमा तालिबानले मुल्ला मोहम्मद हसन अखुन्दलाई प्रधानमन्त्री बनाएको छ ।

तालिबानका मुख्य प्रवक्ता जबिउल्लाह मुजाहिदका अनुसार अखुन्द प्रधानमन्त्री हुँदा तालिबान प्रमुख शेख हिब्दुल्लाह अखुन्दजादा सर्वोच्च नेता हुनेछन् । 

सरकारको नाम ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’ हुनेछ । तालिबानले अमेरिकाका मोष्ट वान्टेड सिराजुद्धिन हक्कानीलाई गृहमन्त्री बनाएको छ ।

हक्कानीकै परिवारबाट चार जना मन्त्री बनेका छन् । त्यहाँ पनि परिवारवाद घुसेको आरोप लागेको छ । 

मुल्ला बरादर पहिलो उपप्रधानमन्त्री तथा अब्दुल सलाम हनाफी दोस्रो उपप्रधानमन्त्री बनेका छन् । 

३३ सदस्यीय मन्त्रिमण्डलमा कोही पनि महिलालाई मन्त्री बनाइएको छैन ।

मौलवी आमिर खान मुतक्कीलाई विदेश मन्त्री बनाइएको छ ।

मोहम्मद याकुब मुजाहिद रक्षा मन्त्री बनाइएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ