arrow

भारतमा कोरोनाको तेस्रो लहरः नागपुर र मुम्बईमा देखियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
corona-india-keral.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर देखिएको छ । मुम्बई र नागपुरमा तेस्रो लहर देखिएको हो । महाराष्ट्रमा मंगलबार ३ हजार ८९८ जना संक्रमित थपिँदा ८६ जनाको ज्यान गएको छ । त्यहाँ हाल ४७ हजार ९२६ जना सक्रिय संक्रमित रहेका छन् । 

मुम्बईकी मेयर किशोरी पेडनेकरले मुम्बईमा तेस्रो लहर आइसकेको बताइन् । उनले अब निकै नै सतर्क हुनुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘मुम्बईमा तेस्रो लहर आइरहेको हैन कि आइसकेको छ ।

कोरोनाको विस्तार रोक्नका लागि निषेध लगाउने काम राज्य सरकारको हो । जरुरी हुँदा मुख्यमन्त्री उद्धव ठाकरे यसको फैसला लिनुहुन्छ ।’

उनले गणेशउत्सवमा घरमै रहेर पूजा गर्न पनि सल्लाह दिएकी छिन् । त्यस्तै राज्यका उर्जा मन्त्री नितिन राउतले पनि नागपुरमा दुई गुणा तीव्र गतिमा कोरोनाका संक्रमित भेटिएको बताउँदै तेस्रो लहर आइसकेको बताएका छन् ।   

एक दिन पहिले मुख्यमन्त्री ठाकरेले चाडपर्व भन्दा अहम् जीन्दगी भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ