arrow

इन्डोनेसियाको जेलमा आगलागी, विदेशी नागरिकसहित कम्तीमा ४१ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
indonesia_fire_at_prison.jpg

काठमाडौँ । इन्डोनेसियाको राजधानी जाकर्तामा रहेको एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । बुधवार बिहान अधिकांश कैदीहरू सुतिरहेका बेला जेलमा आगलागी भएको हो ।

जेलको ब्लक सीमा करिब १२२ जना कैदी रहेका थिए । आगलागीमा परेकामध्ये केही पोर्चुगल र दक्षिण अफ्रिकालगायतका देशका समेत रहेका छन् ।

इन्डोनेसियाका कानुन तथा मानव अधिकार मन्त्री यासोन्ना लाओलीले पत्रकार सम्मेलनमा बोल्दै सम्बन्धित देशका दूतावासमा जानकारी गराइसकेको बताएका छन् । लाओलीका अनुसार ब्लकका थुप्रै ढोकाहरू बन्द रहेका कारण आगो फैलिदा खोल्न सकिएको थिएन ।

दजर्नाैं व्यक्तिहरू घाइते भएको र केही आइसियुमा रहेको बताइएको छ । सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

१५ जना मात्रै सुरक्षा गार्ड रहेको जेलको ब्लकमा २ हजार कैदीहरू राखिएका थिए । जसको क्षमता भने ६०० जना मात्रै रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ