arrow

मोदीको अध्यक्षतामा हुने ब्रिक्स सम्मेलनमा सी चिनफिङ पनि सहभागी हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
xi-marx.jpg

काठमाडौं। ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासहित पाँच देशकाे सङ्गठन ब्रिक्सको १३ औँ सम्मेलन भारतले आयोजना गरिरहेको छ । बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट हुने सम्मेलनमा चिनियाँ राष्ट्रपति सि चिनफिङ पनि उपस्थित हुने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयले बुधवार राष्ट्रपति सि चिनफिङले पनि भर्चुअल माध्यमबाट सम्मेलनमा भाग लिने बताएका हुन् । यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्मेलनमा सहभागी हुने बताइएको छ ।

ब्रिक्स शिखर सहयोगमा निरन्तरता र सहमतिको लागि भारतले बहुपक्षीय प्रणालीमा सुधार, आतङ्कवादको प्रतिरोध, दिगो विकास लक्ष्य हासिल गर्नका लागि डिजिटल र टेक्नोलोजी उपकरणको प्रयोग गरी जनताको आदानप्रदान बढाउने गरी चार प्राथमिकता क्षेत्रको रूपरेखा बनाएको जनाइएको छ ।

यी क्षेत्र बाहेक ब्रिक्स शिखर सम्मेलनमा नेताहरूले कोभिड–१९ महामारीको प्रभाव र अन्य वर्तमान अवस्थाको र क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्ने बताइएको छ । 

यस्तै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र ब्रजिलका राष्ट्रपति जैर बोल्सोनारो पनि सम्मेलनमा सहभागी रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ