arrow

'दश बुँदेलाई आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटायो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
surendra-pandey.jpg

गण्डकी । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले दश बुँदेलाई पनि आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटको अवस्थामा पुर्‍याएको बताएका छन् । 

पत्रकार सम्मेलनमा नेता पाण्डेले भने, “पार्टी एकताका सम्बन्धमा माधव नेपाल समूहले नै अघि सारेका छ बुँदालाई नै समेट्दै १० बुँदे खाका तयार गरिएको हो जुन बुँदामा माओवादी केन्द्रबाट एमालेमा आएका नेता कार्यकर्तालाई पनि समेटेको छ । दश बुँदेलाई पनि आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटको अवस्थामा पुर्‍याएको छ ।”

उनले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताए । पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तर्क्रियाबाट समाधान गर्न पार्टी भित्रै अन्तर सङ्घर्ष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उनको भनाइ छ ।

पार्टीमा समयसापेक्षता युवा जनशक्ति आउनुपर्ने आवश्यकता औँल्याउँदै उनले समयको मागलाई आत्मसात् गर् नसक्ने नेतृत्व वर्तमानको आवश्यकता भएको बताए । एकमना सरकारेसमेत राज्यलाई सही निकास दिन अप्ठ्यारो परेको नेपालको वर्तमान अवस्थामा विभिन्न दल मिलेर बनेको गठबन्धन सरकारले समस्याको समाधान गर्न नसक्ने उनको भनाइ छ । 

एक प्रश्नको जवाफमा उनले भने, “एमसिसीको विषय यसअघि नै संसद्मा छलफल हुनुपर्नेमा जोड दिँदै उनले यसका गलत र सही पक्षबारे संसद्मै छिनोफानो गरी निष्कर्ष निकालेको भए अहिलेको अवस्था सिर्जना हुने थिएन ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ