arrow

तालिबानले गर्‍यो सरकार गठन , अफगानिस्तानका विभिन्न सहरमा विरोध कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
taleban-afgan.JPG

काबुल । तालिबानले मङ्गलवार सरकार गठन गरेका छन् । उनीहरूले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ ।

केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा तालिबानले अश्रुग्याँस हान्न लगाएका थिए । यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेका थिए ।

व्यवहारमा त्यसो हुन नसकेको भन्दै विरोध कायमै रहेको बताइएको छ । तालिबानको सरकारका विरुद्धमा अफगानिस्तानका विभिन्न सहरमा अहिले पनि विरोध जारी रहेको छ । हेरातमा भएको यस्तै विरोधका क्रममा दुई जनाको ज्यान पनि गएको थियो ।

उनीहरूले मुरुमै समावेशी खालको सरकार बनाउने र त्यसमा महिला सहभागिता पनि हुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

अगस्ट १५ मा अफगानिस्तानका तालिबानले यहाँको सत्ता कब्जा गरेका थिए । आफ्नो सैन्य शक्तिद्वारा सत्ता कब्जा गरेका उनीहरूले हिजो मात्र नयाँ सरकार घोषणा गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ