arrow

अमेरिकी नेतृत्वको बैठकले तालिबानसँग सहकार्य गर्ने रणनीति बनाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
antony-blinken-usa.jpg

काठमाडौँ । अमेरिकाले पश्चिमी राष्ट्रहरूसँग मिलेर तालिबानको नयाँ सरकारसँग सहकार्य गर्ने रणनीति बनाउने तयारी थालेको छ । 

यसैका लागि बुधवार बसेको भर्चुअल बैठकका बिच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र जर्मनीका विदेश मन्त्री हेइको मासबिच तालिबानसँग सहकार्य गर्ने विषयमा कुराकानी भएको हो ।

अफगानिस्तानमा तालिबानले समावेशी सरकार गठन नगरेपछि २० भन्दा बढी मुलुकहरू संयुक्त रूपमा तालिबानसँग सहकार्य गर्न नयाँ ढाँचा बनाउने तयारीमा लागेका हुन् ।

अफगान छोड्न चाहने विदेशी र अफगानिस्तान नागरिकको स्वतन्त्रता, महिला अधिकारको संरक्षण र सहायताकर्मीहरूको सुरक्षा गर्ने प्रतिबद्धतालगायतका कुरामा तालिबानसँग सहकार्य गर्ने तयारी पश्चिमा देशहरूले सुरु गरेका हुन् ।

यस्तै संयुक्त राष्ट्र सङ्घले यस साता अफगानिस्तानको अर्थतन्त्र पतनको अवस्थामा रहेको चेतावनी दिएपछि बैठकले मानवीय सहायता प्रदान गर्ने विषयमा समेत छलफल गर्ने भएको छ ।

यद्यपि, धेरैजसो कूटनीतिज्ञहरूले भने तालिबानलाई सन् १९९०को दशकमा अलग गराउनु नै गल्ती भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ