arrow

सत्तापक्ष र विपक्ष मिलेर सदन चलाउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
deuba-parliament.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिएका छन् । 

बैठकमा प्रधानमन्त्री देउवाले अन्तर बस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्ता गठबन्धनका नेताहरूलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधवार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले बैठकमा सदनमा अति आवश्यक विधेयक विचारधिन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताएका हुन्। 

बुधबारेदेखि सुरु सङ्घीय संसद्को बैठकअघि सदन सञ्चालन गर्ने विषयमा सो बैठक बसेको नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ