arrow

सभापति देउवालाई उपसभापति निधिको पत्र: क्रियाशील विवाद टुंगाएर मात्रै अधिवेशन अघि बढोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
deuba-nidhi-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर मात्रै अधिवेशन अघि बढाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बुधबार निधिले सभापति देउवालाई पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् । निधिले पत्रमा देउवाकै गृह जिल्ला डडेलधुरामा देखिएको क्रियाशील सदस्यता विवादलाई आधार देखाएका छन् ।

निधिले देउवालाइ पठाएको पत्रमा डडेलधुरामा तल्ला तहबाट आएका नामावलीमा केही हटाएर माथिबाट थप गरिएकोसमेत भनेका छन् । 

‘डडेलधुरा जिल्लाको क्रियाशील सदस्यहरुको नामावली बारे गम्भीर विवाद उत्पन्न भएको छ, सम्पूर्ण प्रकृया पुर्याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेको र जिल्ला कार्य समितिको सहयोग र समन्वयबिना नै निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकिदिएको भनी जिल्ला सभापति कर्णबहादुर मल्लद्वारा जिल्ला कार्य समितिको निर्णय सहितको विज्ञप्ति पनि आएको छ, यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वदा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचनको कार्य सम्पन्न गर्न गराउन सम्बन्धित सरोकारवालाहरुलाई मार्गदर्शन वा निर्देशनको लागि विनम्र अनुरोध गर्दछु,’ निधिले देउवालाई पठाएको पत्रमा भनिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पनि बुधबार विहानै डडेल्धुरा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गरेर मात्रै अधिवेशन अघि बढाउन भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ