arrow

ब्रह्मपुत्रमा यात्रुबाहक दुई डुंगा ठोक्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
boat-accident-assam.jpg

काठमाडौं । भारतको असममा दुई यात्रुबाहक डुंगा आपसमा ठोक्किएका छन् । जोरहट नजिकै ब्रम्हापुत्र नदीमा १२० यात्रु लिएर गएका डुंगा ठोक्किएका हुन् । 

बुधबार साँझ भएको घटनामा कम्तीमा एक महिलाको ज्यान गएको छ । अझै पनि ४ जना बेपत्ता भएको भारतीय संचारमाध्यमहरुले स्थानीय प्रशासनलाई उधृत गर्दै लेखेका छन् । 

घटनापछि ३० जनाले पौडिएर ज्यान जोगाएका थिए । यसमा महिला र बालबालिका पनि सामेल छन् । डुंगामा २५ देखि ३० वटा मोटरसाइकलसमेत रहेका थिए । 

अहिलेसम्म ४२ जनालाई सकुशल उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । चार जनाको खोजी भइरहेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा परेकाहरुको उद्धार र हराइरहेकाहरुको खोजी तीव्र गतिमा भइरहेको जनाएका छन् । 

गृहमन्त्री अमित शाहले पनि मुखयमन्त्री हिमन्ता विश्व सरमालाई टेलिफोन गरी घटनाबारे जानकारी लिएका छन् । 

सामाजिक संजालमा भिडियोसमेत भाइरल भइरहेको छ । भिडियोमा डुंगा डुबेको र मानिसहरुले छलाङ्ग मारेको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ