अफगानिस्तानलाई साढे ३ अर्बभन्दा बढीको आपत्कालीन सहायता प्रदान गर्दै चीन
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
1.6k
Shares
काठमाडौं। चीनले अफगानिस्तानलाई आपत्कालीन खाद्यान्न र कोरोना भाइरसविरुद्धको खोप लगायतको साहयता प्रदान गर्ने भएको छ । तालिबान सरकारसँग सञ्चार कायम राख्न आफू तयार रहेको बताएसँगै चीनले अफगानिस्तानलाई ठुलो साहयता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
चिनियाँ विदेश मन्त्री वाङ यीले बुधवार पाकिस्तान, इरान, ताजकिस्तान,उज्बेकिस्तानलगायतका देशहरूका समकक्षीसँगको बैठकका क्रममा साहयता प्रदान गर्ने घोषणा गरेका हुन् ।
चीनले ३ करोड १० लाख अमेरिकी डलर अर्थात् साढे तीन अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको विभिन्न साहयता सामग्री प्रदान गर्ने बताएको छ ।
गत हप्ता तालिबानले नयाँ सरकारको घोषणा गरिसकेको छ । अफगानिस्तानको नाम पनि इस्लामिक एमिरेट्स राखेको छ।
चिनियाँ विदेश मन्त्रीले अफगानिस्तानका छिमेकी देशहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लैजाँदा अफगानिस्तानको 'विनाश' भएको भनेर समेत चीनले आलोचना गरेको छ ।