- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वीपी कोइरालाको १०८औं जन्मजयन्ती पारेर उनले वीपी संग्राहलय सुन्दरीजलबाट शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘आगामी १४औं महाधिवेशनका लागि मैले पार्टीको महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्दछु,’ शर्माले आफ्नो उम्मेदवारीबारे भने । उम्मेदवारी घोषणाका क्रममा उनले कांग्रेसलाई रुपान्तरित गर्दै देशलाई आधुनिकीकरण गर्ने प्रतिबद्धता जनाए ।
उनले यसअघि हाम्राकुरासँगको संवादमा प्रचारप्रसार गर्दै जाँदा असहज अवस्था आए पार्टी प्रवक्ताबाट पनि अलग हुने बताएका थिए । प्रचारप्रसार गर्दै जाँदा असहज अवस्था आए पार्टी प्रवक्ता पनि छाड्छु,’ शर्माले भनेका छन् ।
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको अवसरमा कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछ ।