arrow

तालिबानले अमेरिकालगायत विभिन्न देशका २०० नागरिकलाई अफगानिस्तान छोड्न अनुमति दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
kabul-airport-afghanistan.jpg

काठमाडौं । तालिबानले अफगानिस्तानमा रहेका विभिन्न देशका नागरिकहरूलाई अफगानिस्तान छोड्न अनुमति दिने भएको छ । रोयटर्सका अनुसार अमेरिका लगायत विभिन्न देशका दुई सय नागरिकहरूलाई अफगानिस्तान छोड्न अनुमति दिने भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाए अनुसार उनीहरू आज (बिहीबार)नै चार्टड फ्लाइटमा अफगानिस्तान छोड्ने छन् ।

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लगेपछि अफगानिस्तान छोड्न चाहने विभिन्न देशका नागरिकहरू त्यहाँ अड्किएका छन् । 

तालिबानले उनीहरूलाई अफगानिस्तान छोड्न दिएको छैन । तर, अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादको दबाबपछि तालिबानले २०० नागरिकहरूलाई अफगानिस्तान छोड्न अनुमति दिएको हो ।

नेपाली नागरिकहरू समेत अफगानिस्तानमा रहेको अनुमान छ । यद्यपि, के कति नेपाली अफगानिस्तानमा रहेका छन् भन्ने जानकारी परराष्ट्रले भने दिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ