arrow

जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने

logo
रासस-एएनआई,
प्रकाशित २०७८ भदौ २४ बिहिबार
biden-suga-us-japan.jpg
फाइल तस्विर।

टोकियो। जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जाने भइका छन् । यही सेप्टेम्बर महिनाको अन्त्यमा उनी अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । क्वाडा सम्मेलनमा सहभागी भई विभिन्न देशका शीर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उनी अमेरिकाको वासिङ्टन जाने भएका हुन् ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सहभागी हुने तय भएको छ । जापानका प्रधानमन्त्री सुगाको यो भ्रमण नै अन्तिम वैदेशिक भ्रमण हुनसक्ने देखिएको छ । यही सेप्टेम्बरको अन्त्यमा हुने पार्टीको निर्वाचनमा उम्मेदवार नबन्ने भएकाले उनले पार्टीको निर्वाचनपछि प्रधानमन्त्री पदसमेतबाट बाहिरिनु पर्ने छ । 

कोरोनाभाइरसको महामारीका विरुद्धमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुगाप्रति धेरैतिरबाट असन्तुष्टि व्यक्त भएको छ । त्यही असन्तुष्टिका कारण उनले प्रधानमन्त्री पद त्याग्ने उद्देश्यले पार्टीको जिम्मेवारीसमेत नलिने भएका हुन् । 

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको महाधिवेशन यही सेप्टेम्बरको अन्त्यमा हुन लागेको छ । त्यस अधिवेशनमा उनले आफूले उम्मेदवारी नदिने र नेतृत्व अन्य नेतालाई हस्तान्तरण गर्न चाहेको बताएका छन् । 

तत्कालीन प्रधानमन्त्री सिन्जे आवेको आकस्मीकरूपमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगा अघिल्लो वर्ष प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । झण्डै एक वर्षे कार्यकाल बिताएर उनले देशको कार्यकारी प्रमुख पदबाट विदा लिन लागेको उनका निकटस्थले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ