arrow

तालिबान सरकारमा अफगानिस्तानको व्यावसायिक उडान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
afghanistan.jpg

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकार गठनभएपछि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालनमा आएको छ । बिहीबार अमेरिकासहित विभिन्न देशका एक सयभन्दा बढी नागरिकहरु अफगानिस्तानबाट बाहिरिएका हुन् ।

यसबाट तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि एक कार्यशील राज्य बनाउन चाहेकाे प्रयास सफल भएको देखिन्छ । यद्यपि, अफगानिस्तानमा महिला, विदेशी र पत्रकारहरुमाथिको हिंसा भने बढिरहेको आरोप छ ।

बिहीबार सरकारी स्वामित्वकाे कतार एयरवेजले अमेरिका, क्यानडा, जर्मनी,युक्रेन र बेलायतलगायतका करिब ११३ नागरिकहरू अफगानिस्तानबाट बाहिरिएका हुन् ।

संयुक्त राष्ट्र संघका लागि अफगानी विशेष दूत डेबोराह लेयोन्सले सुरक्षा परिषद्मा तालिबानले अन्र्राष्ट्रिय अधिकारीवादी संस्थाहरु निशाना बनाइरहेको, महिलाहरुको स्वोतन्त्रता हनन् र संयुक्त राष्ट्र संघका कर्मचारीहरुमाथि हिंसा भइरहेको बताएकी छन् ।

यस्तै उनले तालिबानले महिलाहरुमाथि सन् १९९६ देखि सन् २००१कै समयमा जस्तै कट्टरपन्थी सरिया कानुन लगाइरहेको बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ