arrow

बाइडेन र सीबीच ९० मिनेट वार्ता, प्रतिस्पर्धालाई द्वन्द्वमा जान नदिन छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
biden-xi.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोन वार्ता भएको छ । बिहीबार दुवै देशका राष्ट्र प्रमुखबीच झन्डै ९० मिनेट कुराकानी भएको हो ।

सो क्रममा दुवै देशको प्रतिस्पर्धालाई द्वन्द्वमा फस्न नदिन जिम्मेवार रहने विषयमा दुवै जनाबीच छलफल भएको छ । बाइडेनले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता यो सी चिनफिङसँगको दोस्रो फोन वार्ता हो ।

अमेरिका र चीनबीच व्यापार, जासुसी र महामारी जस्ता विषयहरूलाई लिएर तनाव रहिआएको छ । दुवै जनाबीचको कुराकानीपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै व्यापक, रणनीतिक छलफल भएको बताएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ