arrow

प्रधानमन्त्री र एमसीसी उपाध्यक्षबिच ४ बजे भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
mcc-fatima-sumar-vp.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारबिच केही बेरमा भेटवार्ता हुँदै छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । एमसीसीका विषयमा प्रधानमन्त्री देउवा सकारात्मक छन् तर सत्तारुढ गठबन्धनमा भने सो विषयमा मतैक्यता छैन । 

प्रायजसो दल पिच्छे धारणा दिँदै आएका गठबन्धन आबद्ध दलहरू सरकारको साझेदारका हिसाबले भने एमसीसीमा साझा धारणा के हुने भन्ने निश्कर्षमा पुग्न सकेका छैनन् । 

आज बिहानै एमसीसीको प्रतिनिधि मण्डलको टोलीले सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको थियो भने त्यसअघि हिजो साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता भएको थियो । त्यसअघि हिजो दिउसो नै एमसीसी प्रतिनिधि मण्डलको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको थियो । 

एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपाल आएसँगै सत्तारुढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढ्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ