- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरका कान्छा सुपुत्र पूर्वराजदुत रुक्मशमसेर राणाको निधनप्रति उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शनिबार विहान राणाको निवास बत्तिसपुतलीमा पुगेर प्रधानमन्त्री देउवा, नेता प्रकाशमान सिंह, डा मिनेन्द्र रिजाल लगायतका नेताहरुले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हु्न् ।
भारतका लागि पूर्व नेपाली राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको ८५ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए । उनी सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।
त्यस्तै, राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दुई पटक सदस्य सचिवको जिम्मेबारी सम्हालेका थिए । हाल नेपाल ओलम्पिक कमिटी मानार्थ अध्यक्ष रहेका उनले लामो समय ओलम्पिक कमिटीमै नेतृत्व लिएका थिए । उनी भारतीय संयुक्त लगानीमा रहेको डावर नेपालका प्रवन्ध निर्देशकसमेत थिए ।