arrow

भारतमा किन घटेन कोरोना ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
corona-india-public.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित अझै घट्न सकेका छैनन् । नरेन्द्र मोदी सरकारले तेस्रो लहरको तयारीमा रहन सबै राज्यलाई निर्देशन दिइसकेको छ । महाराष्ट्रमा तेस्रो लहर आइसकेको भन्दै गत हप्तादेखि नै तयारी तीव्र रहेको छ । 

शनिबार ३१ हजार २८७ जना संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमित अझै ३ लाख ८० हजार ४५८ रहेका छन् । ३७ हजार ८८० लाईमात्र निको भएको छ । 

मृतकको संख्या पनि भारतमा घट्न सकेको छैन । शनिबार ३३८ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा ४ लाख ४२ हजार ६८८ जनाको ज्यान गइसकेको छ । 

सबैभन्दा पीडित महाराष्ट्र नै रहेको छ । महाराष्ट्रमा शनिबार ३ हजार ७५ संक्रमित थपिँदा ३ हजार ५६ लाई निको भएको छ । ३५ जनाको ज्यान गएको छ । 

समग्रमा महाराष्ट्र अगाडि रहे पनि केरल भने पछिल्लो महिनादेखिको सबैभन्दा पीडित राज्य हो । जहाँ शनिबार मात्रै ३० हजार ४८७ संक्रति थपिएका छन् । 

अहिले सक्रिय संक्रमित २ लाख ३१ हजार ८२९ रहेका छन् । शनिबार मात्रै केरलमा १८१ को ज्यान गएको छ । 

भारतमा ७३ करोड ५ लाख ८९ हजार ६८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सचेतनाका कमीले संक्रमण बढेको बताइन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ