arrow

अमेरिकामा सेप्टेम्बर ११ को सम्झनामा स्मृति दिवस

logo
एएफपी,
प्रकाशित २०७८ भदौ २७ आइतबार
twin-tower.jpeg

न्युयोर्क । संयुक्त राज्य अमेरिकाले सेप्टेम्बर ११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शनिबार २० औं स्मृति दिवस मनाएको छ । अफनानिस्तानबाट अमेरिकी सुरक्षा फौज फिर्ता बोलाएपछि मनाइदै गरेको यो भावुक स्मृति दिवसमा सहभागीहरूले आफन्त गुमाउन पर्दाको पीडा विभिन्न किसिमले व्यक्त गरेका थिए । उक्त त्रासादीपूर्ण हमलामा २, ७५३ जनाले ज्यान गुमाएका थिए भने कैयौ घइते र अपाङ्ग भएका थिए ।

न्युयोर्कस्थित दुई टावरमा विमान दुर्घटना गराई अलकायदाले गरेको आतङ्कवादी हमलाका कारण अमेरिकाले कडा सुरक्षा व्यवस्थाबीच थप सुरक्षा चुनौती बेहोर्दै आएको छ । उक्त स्मृति दिवसको छ शृङ्खलामा आयोजना गरिएको कार्यक्रम बिहान ८;४६ मा घण्टी बजाएर मौन धारण गरिएको थियो, जुन अपहृत विमानले उत्तरतर्फको विश्व व्यापार केन्द्रको टावरमा आक्रमण गरेको समयअनुसार मिलाइएको थियो । 

मृतकका आफन्तले आफ्ना मृतकहरूको तस्वीर टाँसेर भावुक बन्दै उक्त कार्यक्रमा सहभागीता जनाएका थिए । सहभागी मध्येका एक जोन पोचर ड्ज्मा जसले उक्त घटनामा भाइ गुमाएका थिए, उनले उक्त घटना हिजो मात्र घटेको जस्तै लाग्ने र प्रत्येक वर्ष यसरी नै घटनाको स्मरण गरिरहेको पीडा सुनाएका थिए। 

त्यसैगरी पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले त्यति बेलाको कारुणिक दृष्यको स्मरण गर्दै आगो नियन्त्रण गर्ने क्रमाम ३४३ जनाले ज्यान गुमाएको घटना सधै स्मृतिमा दुःखद बिम्बको रूपमा खेलिरहेको बताए । त्यो हृदयविदारक घटना सपनामा बल्झिरहेको पनि बुसले उल्लेख गरेका छन् ।  

सोही घटनाको स्मृति दिवसका कार्यक्रम पेन्टागन र शान्कसभिलमा पनि आयोजना गरिएको थियो ।  पूर्व राष्ट्रपति बुसले त्यति बेलाको जस्तो राष्ट्रिय एकता र राजनीतिक नेतृत्वको दूरदृष्टि अहिले नदेखिएकोमा आफू राष्ट्र र आगामी सन्ततिको भविष्यको बारेमा चिन्तित रहेको विचार व्यक्त गरेका थिए । विश्वभरका नेताहरूले सो घटनाको निन्दा र त्यसका विरुद्धको एकताका पक्षमा सन्देश पठाउँदै त्यो आक्रमण पश्चिमा मूल्य र मान्यता माथिको आक्रमण भएको बताएका छन्। 
 
त्यसैगरी शान्कसभिलमा आयोजित कार्यक्रमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरका एकजुट भएर विश्वको नेतृत्व गर्नुपर्ने र आफ्नो विगतको एकता र शक्ति पुनः प्राप्त गरेर वास्तविक अर्थमामा विश्वको नेतृत्वका निम्ति सबैलाई विश्वासमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता र तालिबानको कब्जाले अमेरिकी जनता र सेना लज्जित हुनु परेको बताए । पूर्व राष्ट्रपति ट्रम्पले अफगानिस्तानको घटनाले अमेरिकी राष्ट्रपति बाइडेनको परीक्षाको घडी नजिकिएको बताएका छन्।

 उनले थपे, अमेरिकी सेनाको लज्जास्पद बहिर्गमन, १३ सैनिकको हत्या र तालिबानीहरूको दिग्विजयले अमेरिकालाई थप चिन्तित तुल्याएको छ, शनिवार आयोजित उक्त कार्यक्रमामा राष्ट्रपति बाइडेनले भने राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ