arrow

तालिबान र आईएसकेपीबीच गहिरो सम्बन्ध : बाइडेन

logo
एजेन्जी,
प्रकाशित २०७८ भदौ २७ आइतबार
terrorist1.jpg

क्यानबेरा। अमेरिकी राष्ट्रपति जो बाइडेनले इस्लामिक स्टेट खोरासनलाई अफगानिस्तानबाट बाहिर राख्नु तालिबानको हितमा रहेको बताएका छन्। दुई आतङ्कवादी समूहहरू बीचको गहिरो सम्बन्ध रहेको र उनीहरूको एउटै दुस्मन वासिङ्टन रहेको अस्ट्रेलियाको एबीसी न्यूज रिपोर्टले जनाएको छ। 

एबीसी न्यूजको एक रिपोर्टमा, अस्ट्रेलियाली पत्रकार स्टेन ग्रान्टले इस्लामिक स्टेट इन खोरासान, अल कायदा र तालिबान एउटै टेपेस्ट्रीका बिभिन्न थ्रेड भएको जनाएको छ। 

तालिबानले अफगानिस्तान नियन्त्रण लिइसकेपछि विज्ञहरूले देश फेरि आतङ्कवादीहरूको सुरक्षित आश्रय स्थल बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

आतङ्कवाद विश्लेषक सज्जन गोहेलले तालिबानले आईएसकेपी आक्रमण र निर्दोष अफगानहरूको मृत्युलाई आफ्नै अन्त्यमा प्रयोग गर्ने र यसले आफ्नै जनतालाई झनै कमजोर बनाउने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ