arrow

सोमप्रसाद र शारदादेवीलाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
supreme-court-long.jpg

काठमाडौँ । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

न्यायाधीश मिरा खड्काको इजलासले आइतबार दुवै पक्षलाई अन्तरिम आदेशका लागी छलफलमा बोलाउँदै अल्पकालीन अन्तरिम आदेश गरेको हो । इजलासले २९ भदौमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । 

पाण्डेय र भट्टले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरू दुवैले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न निर्वाचन आयोगमा सनाखतका लागि निवेदन समेत दिएका थिए । 

तर आयोगले समय सकिएपछि सनाखतका लागि निवेदन परेको भन्दै उनीहरूको निवेदनका पक्षमा आदेश दिएको थिएन । त्यसपछि उनीहरू सर्वोच्च पुगेका थिए । 
सो मुद्दामा अदालतले निर्वाचन आयोगमा नाममा कारण देखाऊ आदेश जारी गरेको छ । 

समाजवादीमा सनाखत गर्न नपाउँदा सांसद पद गुम्ने भएपछि उनीहरू २३ भदौमा अदालतमा पुगेका थिए । उनीहरूले रिटमा एकीकृत समाजवादीमा विवरण अद्यावधिक गराउन व्यवस्था गर्न माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ