- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। रुसले अफगानिस्तानमा मानवीय सहायताकारुपमा खाना र औषधि पठाउने भएको छ । रुसी विदेशमन्त्रीलाई उदृत गर्दै त्यहाँको समाचार एजेन्सी आरआइएले यो जानकारी दिएको हो ।
अफगानिस्तानमा अहिले तालिबानले नयाँ सरकार गठन गरेको छ । यसबीच चीन र रुसलगायतका मूलुकहरुले अफगानिस्तानमा मानवीय सहायता पठाउने तयारी गरिरहेका छन् ।
यसअघि चीनले पनि अफगानिस्तानमा मानवीय सहायता पठाउने प्रतिवद्धता व्यक्त गरेको थियो । संयुक्त राष्ट्र संघले अफगानिस्तानको मानवीय संकट टार्न ६० करोड अमेरिकी डलर आवश्यक रहेको बताएको छ ।