arrow

वर्षाले डुब्यो गुजरात

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
rain-india-2021.jpg

काठमाडौं । भारतको गुजरात राज्यमा आएको भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । केहीको ज्यान समेत गएको खवर छ । गुजरातका कयौं शहर डुबेका छन् । 

सबैभन्दा बढी असर राजकोट र जामनगरमा परेको छ । कयौं क्षेत्रमा १० फिटसम्म पानी भरिएको छ । राजकोटको छापरा गाउँको पेस पेलिकन ग्रुपका मालिक किशनभाइ शाह आई–२० कारससहित नदीमा बगेका छन् । 

कारमा उनका चालक पनि थिए । दुवैको खोजी भइरहेको छ । ५० वर्षीय किशनभाइसँगै कारमा तीन जना सवार रहेका थिए । गुजरातमा पछिल्लो केही दिनदेखि मुसलधारे पानी परिरहेको छ । 

मुसलधारे वर्षाकै कारण विद्यालय कलेज बन्द गरिएको छ । जामनगरमा अहिलेसम्म २३० बढीको उद्दार भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ