arrow

डेल्टा भेरिअन्टको सङ्क्रमण बढेसँगै चीनमा लाखौँ मानिस लकडाउनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
china.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै चीनको फुजियान प्रान्तमा लकडाउन गरिएको छ । झन्डै ४५ लाख जनसङ्ख्या रहेको प्रान्तमा डेल्टा भेरिअन्ट बाट सङ्क्रमित भएका दर्जनाै सङ्क्रमित भेटिएपछि त्यहाँ लकडाउन गरिएको हो ।

धेरै सहरहरूमा मानिसहरूलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आदेश दिइएको छ । गाउँ एवं सहरका सबै बस्तीहरू बन्द गरिएको छ भने, होटेल, जिम, बारलगायतका क्षेत्रहरू समेत बन्द गरिएका छन् ।

फुजियानका विभिन्न सहरहरूमा १ सय ३ जनामा सङ्क्रमण देखिएसँगै त्यहाँ कडा लकडाउन गरिएको हो । चीनले सुरुदेखि नै कोभिड१९ महामारी नियन्त्रणका लागि कडा लकडाउन गर्दै आएको छ ।

अहिले फुजियानमा लकडाउन भएसँगै विद्यालय एवं अन्य कामहरू सबै अनलाइन माध्यमबाट सञ्चालन गर्न निर्देशन दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ