arrow

स्वच्छ पशुपति अभियान २०७८ सुरु हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
pashupatinath1.jpg

काठमाडौँ । पशुपतिनाथमा स्वच्छ पशुपति अभियान २०७८, सुरु हुने भएको छ । अभियान आगामी आश्विन २ गते शनिवार देखि सुरु हुनेछ । हाम्रो आस्था,सम्पदा र संस्कृति सभ्य नागरिक स्वच्छ पशुपति नारा दिइँदै  स्वच्छ पशुपति अभियान २०७८, हुने भएको हो ।

डा. श्याम खड्काको संयोजकत्वमा सुरु हुने स्वच्छ पशुपति अभियानको सुरुवात वरिष्ठ कलाकार शिव श्रेष्ठको प्रमुख आतिथ्यमा हुने संयोजक डा. खड्काले बताए । उक्त दिन अन्य चर्चित कलाकारहरूको पनि उपस्थित रहने छ । कार्यक्रम हरेक शनिवार बिहान ८ बजे देखि १० बजेसम्म हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।
 
श्री पशुपतिनाथलाई सफा र स्वच्छ राख्नु पनि धर्म हो । अब श्री पशुपतिनाथमा सरसफाइ लगायत स्वच्छताका लागि विभिन्न स्थानहरूमा वृक्षारोपण अभियान पनि सुरु हुने कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए । अबको पशुपति हराभरा पशुपति हुने र एक भक्त एक वृक्ष नामक अभियान समेत सुरु हुने सदस्य सचिव डा.थापाले जनाए । पशुपति क्षेत्र परिसरमा रुद्राक्ष, श्रीखण्ड,बर पिपल ,पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइने समेत उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ