arrow

इजिप्टमा सात पाकिस्तानी नागरिकलाई मृत्युदण्डको सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
jail-hanged.jpg

कायरो। इजिप्टको एक अदालतले आइतबार आठ विदेशी र दुई इजिप्सियनलाई समुद्री मार्ग हुँदै दुई टनभन्दा बढी हेरोइन तस्करी गरेकोमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

सन् २०१९ मा अधिकारीहरूले करिब २.५ बिलियन पाउण्ड बराबरको लागु औषध लाल सागरबाट इजिप्ट लैजाने क्रममा बरामद गरेका थिए।  

स्थानीय अदालतले सात पाकिस्तानी, दुई इजिप्शियन र एक इरानीलाई लागु औषध तस्करी गरिएको आरोपमा दोषी ठहर गरेको थियो। उनीहरूले जहाजमा लुकाएर राखेको लगभग १०० किलोग्राम क्रिस्टल मेथाम्फेटामाइन बरामद गरिएको हो । 

अरब संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश इजिप्टमा नागरिक दोषी ठहर गरिए फाँसी दिइन्छ। यो फैसलाको दुई महिना भित्र पुनरावेदन गर्न सकिनेसमेत जनाइएको छ। 

मानव अधिकार समूहहरूले नियमित रूपमा इजिप्टको मृत्युदण्ड कानुनको आलोचना गरेका छन्। गत वर्ष मृत्युदण्डको सङ्ख्या अघिल्लो वर्षको भन्दा तीन गुणा बढेर १०७ जना पुगेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ