arrow

समुद्री सुरक्षाका‌ लागि भारतले मोरिससलाई दियो विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
india-plane.JPG

आइएनएन ।  भारतीय नौसेनाले मोरिससलाई एक डोरनियर विमान दिएको छ। पोर्ट लुइस स्थित भारतीय उच्चायोगले सोमबार जारी गरेको विज्ञप्ति अनुसार  नौसेनाले मोरिससलाई उक्त विमान भाँडामा दिएको हो।

भारतले हिन्द महासागर क्षेत्र अन्तर्गतका देशको समुद्री सुरक्षा वृद्धिका लागी एक नयाँ डोर्नियर विमान खरिद गर्ने सम्झौता पनि गरेको छ। सागर अभियान अन्तर्गत विमान हस्तान्तरण गरिएको हो। यो अभियान भारतले सन् २०२० मे महिनाको १० तारिख देखि सुरु गरेको थियो। जसअन्तर्गत हिन्द महासागर क्षेत्रका देशहरूलाई कोभिड १९ राहत र सहयोग पुर्‍याइने गरिन्छ।

भारतीय नौसेना को यो अभियान दक्षिण पूर्व एसिया र पूर्वी अफ्रिका सहित हिन्द महासागर को सम्पूर्ण सीमा सम्म फैलिएको छ। कार्यक्रम अन्तर्गत, नौसेनाले कोभिड राहत पहलहरू बाहेक अन्य थुप्रै अभियान पनि सञ्चालन गरेको छ।

यस कार्यक्रम को मददले केन्द्रीय सरकारले अन्य विभिन्न मुलुक सँग सम्बन्ध बलियो बनाएको छ। साथै समुद्री सहयोग र संलग्नता सुधार का लागी प्रयास पनि गरिरहेको छ।

गत वर्ष पनि यस्ता थुप्रै संयुक्त अभियानहरू र प्रशिक्षण सत्रहरू सञ्चालन गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ