arrow

चिनियाँ सेना आत्मघाती ड्रोन खरिद गर्दै

logo
एजेन्जी,
प्रकाशित २०७८ भदौ ३० बुधबार
suicide-drone-china.jpg

बेइजिङ। चीनको सेनाले आत्मघाती ड्रोन किन्न खोजिरहेको छ। सजिलै डिडेक्ट गर्न नसकिने र गोली हान्न असहज हुने किसिमको ड्रोन किन्न चीन लागिरहेको जनाइएको छ। द नेशनल इन्ट्रेस्टमा माइकल पेकले एक लेख लेख्दै अमेरिकी सेना र अन्य सम्भावित चिनियाँ विरोधीहरूको लागी यो एक अधिक उन्नत हतियार भएको र युद्धको सामना गर्न सहज हुने भएको विश्लेषण पछि चीनले यस्तो आत्मघाती ड्रोन खरिद गर्न खोजिरहेको उल्लेख गरेका छन्।

चीनले दुई प्रकारको सुसाइड ड्रोन चाहेको छ। एक चिनियाँ सैन्य खरिद वेबसाइटमा प्रकाशित एक विज्ञप्ति अनुसार ड्रोनको वाञ्छित प्राविधिक विशिष्टता, किन्ने सङ्ख्या वर्गीकृत गरेको छ।

यस बीच, चिनियाँ ड्रोन निर्माताहरू तथा उत्पादकहरूले पीपुल्स लिबरेशन आर्मीको मागहरूलाई पूरा गर्न सक्ने समेत जनाइएको छ। २०१८ मा चाइना एयरोस्पेसले सीएच (०) सुरुवात गरेका थिए। जसलाई चिनियाँ मिडियाले ४ फिट लामो र २० पाउण्ड तौल भएको उल्लेख गरेका थिए। यसको गति १५० किलोमिटर प्रतिघण्टा रहेको बताइएको थियो।

पेकले भनेका छन्, धेरै खर्च गर्न मिल्ने ड्रोन वा उड्ने तोपखानाको गोला, तपाइँ उनीहरूलाई कसरी हेर्नुहुन्छ त्यसमा निर्भर गर्दछ, आत्मघाती ड्रोन २१ औँ शताब्दीको रणभूमिमा घातक नयाँ आगन्तुक हो। सैन्य ग्राहकहरूद्वारा यसलाई लोटरिङ म्युनेसन भनिन्छ।

पछिल्लो समय चीनको सीएच ४ ड्रोन काम नलाग्ने अवस्थामा पुगेको भन्दै आलोचना भइरहेको र चीनले आफ्ना विरोधीहरू धेरै बनाएको समयमा नयाँ आत्मघाती ड्रोनको खरिदको प्रक्रिया थाल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ