arrow

विद्यालय खुलेपछि बेहाल, कलिला विद्यार्थी कोरोनाको चपेटामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
students-usa.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीले सबैभन्दा बढी पीडित अमेरिका फेरि एक पटक अताल्लिएको छ । कोरोना भाइरसका कारण एक वर्षभन्दा बढी समयसम्म विद्यालय नगएका विद्यार्थीलाई विद्यालय खुलाएर विद्यालय पठाउन थालेपछि एकाएक कोरोना संक्रमित बढेका छन् । 

अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्सको एक रिपोर्ट अनुसार कोरोना संक्रमित हुने अगष्टको अन्तिम साताका दुई लाख ५० हजारमा सबैभन्दा बढी बालबालिका नै रहेका थिए । 

विद्यालय खुलेपछि मात्रै एक महिनाको अवधिमा साढे सात लाख भन्दा बढी बालबालिका संक्रमित भएको पेडियाट्रिक्सको रिपोर्टलाई उधृत गर्दै सीएनएनले लेखेको छ । 

यो रिपोर्ट सेप्टेम्बर ९ मा सार्वजनिक भएको थियो । कोरोना फैलिदै गएपछि अमेरिकी स्वास्थ्य विज्ञहरु चिन्तित भएका छन् । 

कोरोना संक्रमित बढेसँगै अस्पतालमा बच्चाहरुलाई तनाव भएको छ । 

रिपोर्टअनुसार महामारीका कारण अमेरिकामा ५० लाख भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् । कमसेकम ४४४ जनाको ज्यान गइसकेको छ । 

अहिले डेल्टा भेरियन्टका कारण बाल अस्पतालमा भर्ना हुनेको संख्या पाँच गुणा बढेको छ । भर्ना हुनेहरु ४ वर्ष भन्दा कम उमेरका बढी हुन् । त्यस्तै १२ देखि १७ वर्ष उमेरकाहरु भर्ना हुने १० गुणा बढेका छन् । 

अमेरिकामा १२ वर्षभन्दा बढीका उमेरका बालबालिकालाई कोरोनाको खोप लगाइएको छ । अस्पतालमा भर्ना हुनेहरु खोप नलगाएका बढी हुन् ।  

अमेरिकामा अहिलेसम्म ४ करोड २२ लाख ८८ हजार २०५ जना संक्रमित भइसकेका छन्। जसमा ६ लाख ८२ हजार ३४१ जनाको ज्यान गइसकेको छ । हाल ९४ लाख २९ हजार ८० जना सक्रिय संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ