arrow

'ट्रम्पले युद्ध सुरु गर्न सक्छन् भन्दै अमेरिकी सेना प्रमुखले चीनलाई गरेका थिए गोप्य फोन'

'परमाणु हतियार प्रक्षेपणकाे समेत पूर्व तयारी'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
trump milley china war.jpg

काठमाडौँ । डोनाल्ड ट्रम्प प्रशासनको अन्तिम समयमा अमेरिकी सेना प्रमुखले युद्धको चिन्ताका कारण दुई पटक आफ्ना चिनियाँ समकक्षीलाई गोप्य रूपमा फोन गरेको खुलेको छ ।

अमेरिकी सेना प्रमुख एवं जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष जनरल मार्क ए. मिल्ली ले आफ्ना चिनियाँ समकक्षी पिपुल्स लिब्रेसन आर्मीका प्रमुख ली. जुओचेंगलाई फोन गरेका हुन् ।

वासिङ्टन पोस्टका सह सम्पादक बब वुडवर्ड र नेशनल पोलिटिकल रिपोर्टर रोबर्ट कोस्टाको नयाँ पुस्तक 'पेरिल'मा यस्तो उल्लेख गरिएको वासिङ्टन पोस्टले लेखेको छ ।

सो अनुसार अक्टोबर ३० मा र जनवरी ८ मा सेना प्रमुख मिल्ली ले चिनियाँ समकक्षी जुओचेंगलाई फोन गरेका थिए ।

पुस्तकमा लेखिए अनुसार दक्षिण चीन सागरमा बढ्दो तनाव र चीनप्रति ट्रम्पको रुष्टताका कारण अमेरिकाले युद्ध गर्न सक्छ भन्ने चिन्तामा चीन रहेको आशङ्कामा सेना प्रमुख मिल्ली थिए ।

यसै कारण उनले चिनियाँ समकक्षीलाई फोन गर्दै भनेका थिए, 'प्रमुख ली. सबै कुरा ठिक हुँदै गइरहेको छ, हामी कुनै आक्रमण या अपरेसन गर्न गइरहेका छैनौँ ।'

उनले यदि अमेरिकाले आक्रमणको तयारी गर्‍यो भने त्यसको पूर्व जानकारी दिने समेत आफ्ना समकक्षीलाई भनेको पुस्तकमा उल्लेख छ ।

'प्रमुख ली. हामी एक अर्कालाई पाँच वर्षदेखि चिन्दै आएका छौँ, कुनै आक्रमण हुने भयो भने त्यसको पूर्व जानकारी म दिनेछु', मिल्ली को कुरा उद्धृत गर्दै वासिङ्टन पोस्टले लखेको छ ।

यस्तै जनवर ६ मा अमेरिकी संसद्मा भएको हमलापछि जनवरी ८ मा सेना प्रमुख मिल्ली ले फेरि चिनियाँ समकक्षीलाई फोन गर्दै 'अमेरिकीमा स्थिति स्थिर रहेको र कुनै चिन्ताको विषय नरहेको' भन्ने कुरा गरेका थिए ।

युद्धको डरमा चीनले कुनै कदम चाल्न सक्ने ठानेर त्यसपछि सेना प्रमुख मिल्ली ले एसिया र प्राशान्तिय क्षेत्र हेर्ने इन्डो प्यासिफिकका नौसेनापतिलाई फोन गरेका थिए । उनले तत्कालका लागि सैन्य अभ्यास स्थगित गर्न आग्रह गरेका थिए । 

यति मात्रै हैन, उनले अधिकारीहरूलाई परमाणु हतियार प्रक्षेपण गर्ने प्रक्रियाको समीक्षा गर्न समेत भनिसकेका थिए । यसका लागि राष्ट्रपतिबाट आदेश आउन सक्ने या आफै संलग्न हुनुपर्ने उनले बताएका थिए ।

यद्यपि, ट्रम्पले यस विषयमा एक वक्तव्य जारी गर्दै आफूले चीनमाथि आक्रमण गर्ने विषय कहिल्यै नसोचेको बताएका छन् । उनले भनेका छन्, चीनलाई पनि थाहा छ, चीनमाथि आक्रमण गर्ने कुरा सोचेको समेत थिएन

यस्तै ट्रम्पले सेना प्रमुख मिल्ली को कहानी मनगढन्ते एवं झुटो भएको भन्दै उनीमाथि देशद्रोहीको मुद्दा लाउनु पर्ने बताएका छन् । 'पेरिल' पुस्त अर्काे हप्ता अर्थात सेप्टेम्बर २१ मा सार्वजनिक हुँदैत ।

ट्रम्पले सेना प्रमुख मिल्लीले अफगानिस्तानबाट सेना फिर्ता गर्ने क्रममा सबैभन्दा खराब तरिकाले कदम चालेकाे आरोपसमेत प्रमुख मिल्लीमाथि लगाएका छन् ।

त्यसअघि पाएकाे 'कपी'का आधारमा विभिन्न अमेरिकी एवं अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले याे समाचार छापेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ