arrow

भारतमा थप २७ हजार संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ भदौ ३० बुधबार
corona-india-test5.jpg

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना संक्रमित भएका छन् ।

पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम संक्रमित भएको यो चौथो दिन हो ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ ।
 
कुल संक्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन् । त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ ।

 मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल संक्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ । ती मध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना संक्रमणमुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ