arrow

पूर्वी सागरमा उत्तर कोरियाले हान्यो दुई क्षेप्यास्त्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
north korea missile.jpg
फाइल तस्विर।

काठमाडौँ । उत्तर कोरियाले आफ्नो पूर्वी तटमा दुई ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले उत्तर कोरियाको यो कदम सो क्षेत्रको शान्ति र सुरक्षालाई खतरा रहेको बताएका छन् ।

केही दिनअघि मात्रै उत्तर कोरियाले लामो दुरीको मिसाइल परीक्षण गरेको थियो ।

उत्तर कोरियाली सेना प्रमुखका अनुसार बुधवार ६० किलोमिटर उचाइ र ८ सय किलोमिटर दुरिसम्म प्रहार गर्न सक्ने दुई क्षेप्यास्त्र उत्तर कोरियाले आफ्नो भूमिबाट पूर्वी सागरसमेत भनिने जापान सागरतर्फ प्रहार गरेको हो ।

उत्तर काेरियाली सेनाले अमेरिकासँगका लागि पूर्णरूपमा तयारी गरिरहेको बताएको छ । अमेरिकाले उत्तर कोरियाली परीक्षणले आफ्ना सैन्य एवं सहयोगीहरूलाई कुनै खतरा नभएको बताएको छ ।

उत्तर कोरियाले विगतमा अन्तर महादेशीय मिसाइल समेत परीक्षण गरेको थियो । उक्त मिसाइल पुरै युरोपदेखि अमेरिकाको आधा भूमिसम्म प्रहार गर्न सक्ने क्षमताको रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ