arrow

बेलायतकी महारानी एलिजाबेथले किम जोङ उनलाई शुभकामना सन्देश पठाएको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
queen elizabet kim jong un.jpg

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथले किम जोङ उन नेतृत्वको उत्तर कोरियालाई राष्ट्रिय दिवसका दिन शुभकामना सन्देश पठाएको पुष्टि भएको छ ।

महारानी एलिजाबेथकारतर्फबाट बेलायतको कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसले उत्तर कोरियालाई शुभकामना सन्देश पठाएको बकिंघम प्यालेसका प्रवक्ताले बताएका हुन् ।

सीएनएनसँग बोल्दै उनले अन्य राष्ट्रहरूलाई झैँ उत्तर कोरियालाई पनि शुभकामना सन्देश पठाएको बताएका हुन् । यस्तै यसभन्दा अघिल्लो वर्ष पनि उत्तर कोरियालाई शुभकामना सन्देश पठाएको कमनवेल्थ एन्ड डेभलपमेन्टका प्रवक्ताले बताएका छन् ।

यद्यपि, पहिलो पटक उत्तर कोरियालाई उसको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश पठाएको खबर बाहिरिएको हो । यसै कारण याे खबरले निकै चर्चा पाइरहेकाे थियाे ।

 उत्तर कोरियाले सेप्टेम्बर ९ मा आफ्नो राष्ट्रिय दिवस मनाउने गर्छ । सो अवसरमा यस वर्ष उत्तर कोरियाले सैन्य परेड गरेको थियो भने, एक लामो दुरीको मिसाइल समेत परीक्षण गरेको थियो ।

उत्तर कोरियाले अमेरिकी आक्रमणबाट बच्न भन्दै परमाणु एवं शक्तिशाली हतियारको विकास गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ