arrow

चीनलाई काउन्टर दिन अमेरिका, इङ्गल्याण्ड र अष्ट्रेलियाको ‘अकस’ मोर्चा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
biden-johnson-morrison.JPG

काठमाडौं । चिनियाँ प्रभावलाई निस्तेज पार्नका लागि विश्वका तीन शक्तिशाली देशहरु अमेरिका, इङ्गल्याण्ड र अष्ट्रेलियाले मोर्चा बनाएका छन् । उक्त मोर्चाको नाम ‘अकस’ राखिएको छ । 

पहिलो पटक नयाँ सुरक्षा कार्यक्रम गर्ने सहमति जुटाउँदै तीन देशले एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव कम गर्ने उद्देश्य बनाएका छन् । 

यसले आणवीक शक्ति बढाउने लक्ष्यसमेत लिएको बीबीसीले लेखेको छ । सहमतिअनुसार अमेरिका र इङ्गल्याण्डले अष्ट्रेलियालाई आणविक क्षमताको पनडुब्बी निर्माण गर्न सहयोग गर्नेछन् । यही सहमतिपछि अष्ट्रेलियाले फ्रेन्च डिजाइनको पनडुब्बी बनाउने सम्झौतासमेत रद्द गरेको छ । 

तीनै देश चीनको बढ्दो शक्ति र इन्डो–प्यासिफिक सैन्य उपस्थितिका बारेमा चिन्तित भएको उल्लेख गरिएको छ ।  साइबर सुरक्षा, प्रतिआतंकबाद र आधुनिक प्रतिरक्षा प्रणालीमा पनि मिलेर काम गर्ने सहमति भएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेन, इङ्गल्याण्डका प्रधानमन्त्री बोरिस जोन्सन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संयुक्त वक्तव्यमार्फत सम्झौता सार्वजनिक गरेका हुन् । 

अकस अन्तर्गत रहेर अष्ट्रेलियालाई क्षमतावान बनाउने पनि उक्त वक्तव्यमा भनिएको छ । इङ्गल्याण्ड सरकारले यो अत्यन्तै महत्वपूर्ण रक्षा सहमति भएको पनि उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोन्सनले यो सहमतिले तीन देशलाई पहिले भन्दा निकै नै घनिष्ट बनाउने पनि विश्वास गरेका छन् ।  

चीनले यी तीन देशको मोर्चाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ