arrow

पंजशीरमा तालिबानको ठेगानामा हवाई आक्रमण, ताजिकिस्तानले गरेको आशङ्का

logo
एजेन्जी,
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
panjshir-river-valley-afghanistan.jpg

काठमाडौँ। पंजशीरमा तालिबानको ठेगानाहरूमा सोमबार अबेर राति हवाई हमला भएको छ। सोमबार नै तालिबानले पंजशीर पूर्ण रूपमा उसको नियन्त्रणमा आएको घोषणा गरेको थियो।

मिडिया रिपोर्ट्सहरू अनुसार यी हमलाहरूमा तालिबानलाई भारी नोक्सान भएको छ। केही विदेशी रिपोर्टरहरूले पंजशीरका डिप्टी गभर्नरलाई उद्धृत गर्दै त्यस क्षेत्रमा भीषण गोलाबारी गरिएको दाबी गरेका छन्। तालिबानले युद्ध समाप्त भएको दाबी गरे पनि अहमद मसूदको नेतृत्वमा पंजशीरबाट लडिरहेको नदर्न एलायन्सले अन्तिम साससम्म भिड्ने घोषणा गरेको छ।

यो हमला ताजिकिस्तानले गराएको हो भन्ने अडकल लगाइँदै छ। अहमद मसूद अहिले ताजिकिस्तानमा भएको दाबी गरिएको छ। ताजिकिस्तानले समय-समयमा नदर्न एलायन्स तथा तालिबान विरोधी अन्य गुटहरूलाई साथ दिँदै आएको छ।

१५ अगस्तमा तालिबानले राजधानी काबुलमा पूर्ण रूपमा नियन्त्रण गरेको थियो। केवल पंजशीर नै यस्तो प्रान्त रहेको थियो, जहाँ तालिबानको कब्जा थिएन। तर अब पंजशीरका आठ जिल्लामा तालिबानले पूरा कब्जा गरेको उनीहरूको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ