arrow

झडपमा उच्च सैनिक अधिकारीसहित पचासको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
Situasi-Yaman-Saat-Ini.jpg.jpeg

दुबई । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छ ।  एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारी अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरूमा एक उच्च सैनिक अधिकारी पनि रहेका छन् । 

एक कर्नेल, १९ सरकार समर्थक सैनिक, कम्तीमा ३० विद्रोही मारिएको सो स्रोतले जनाएको छ ।  सरकार समर्थक सेना र विद्रोहीबिच भएको झडप र हवाई आक्रमणमा परी ३० विद्रोही मारिएको बताइएको छ । हुथी विद्रोहीहरूले मारिएका आफ्ना लडाकु सङ्ख्या कम मात्र बताएका थिए । तर कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दाबी गरेको छ । 

इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरूमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ