arrow

चीन र रुसका विदेश मन्त्रीबिच भेटवार्ता

logo
सिन्हवा,
प्रकाशित २०७८ असोज १ शुक्रबार
china-russia.png

दुसान्बे ।  चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ । 

दुई मन्त्रीबीच हिजो भएको भेटवार्ताका क्रममा सो सहमति भएको हो । उनीहरुबीच द्धिपक्षीय हित र अन्य सहयोगका क्षेत्रहरुमा सहकार्य गर्ने बारेमा समझ्दारी भएको बताइएको छ  । 

चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बिहीबार भेटवार्ता भएको हो । उनीहरुले यी दुई देशबीच विगत लामो समयदेखि नै सुमधुर सम्बन्ध रही आएको भन्दै आर्थिक, सामाजिक तथा अन्य मुद्धाहरुमा आपसी साझा सहमतिका साथ अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ । 

उनीहरुबीच हाल विश्वव्यापी रुपमा देखिएको कोरोना महामारीका विरुद्धमा पनि मिलेर अघि बढ्ने सहमति भएको थियो । महामारीका विरुद्धको सहयोग र सहकार्यलाई एकसाथ अघि बढाइने चिनियाँ विदेशमन्त्रीले बताएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ