arrow

माधव नेपालको पछि नलाग्न योगेश भट्टराईको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
yogesh-bhattrai3.jpg

पोखरा । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपालको पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

शुक्रवार पोखरामा उनले भने, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो । यो राम्रो भएन । अरू कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।” 

उनले माधवकुमार नेपाल एमाले मै फर्किने जिकिर गरे । सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे । एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि सचिव भटृराईले बताए। 
 



नयाँ