arrow

श्रीलङ्कामा देशव्यापी कर्फ्युको म्याद फेरि थप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
corona-srilanka.jpg

श्रीलङ्का । श्रीलङ्कामा देशव्यापी कर्फ्युको म्याद फेरि थप गरिएको छ ।  स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रवार दिएको जानकारी अनुसार थप गरिएको कर्फ्यु आगामी अक्टोबर १ सम्म लागु हुनेछ ।    कोरोनाभाइरसको महामारी थप फैलिने खतरा अझै पनि रहेकाले कर्फ्युको म्याद थप्नु परेको उनको भनाइ छ ।

राष्ट्रपति गोटावाला राजापाक्षेको अध्यक्षतामा बसेको राष्ट्रपतीय कार्यदलको बैठकले कर्फ्युको म्याद थप्न अनुमति दिएको हो ।  महामारीको अवस्था र विज्ञहरूको विश्लेषण तथा सुझावका आधारमा कर्फ्युको म्याद थप्ने बारेमा स्वास्थ्य मन्त्रीले प्रस्ताव गरेका थिए।

कर्फ्यु लागु भए पनि अत्यावश्यक सेवा तथा कामका लागि भने कुनै बाधा नहुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । “आम नागरिकको आधारभूत आवश्यकता, बाध्यता र अनिवार्यतासँगै देशको अर्थतन्त्रलाई समेत ध्यान दिएर हामीले अत्यावश्यक कतिपय काम तथा सेवा सञ्चालनका लागि कुनै बाधा नहुने व्यवस्था गरेका छौँ,” स्वास्थ्य मन्त्री राम्बुक्वेलाले भने ।  

कर्फ्युका कारण महामारी न्यूनीकरणका लागि धेरै सहयोग पुगेको दाबी गर्दै उनले चाडै सबै नागरिकले खोप लगाउन पाउने विश्वास व्यक्त गरे । श्रीलङ्कामा अहिले पनि डेल्टा भेरियन्टको कोरोनाभाइरस तिव्र रूपमा फैलिएको विज्ञहरूले जानकारी दिएका छन् । 

श्रीलङ्कामा अहिलेसम्म चार लाख ९८ हजार ६९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ११ हजार ८१७ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ