- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रूपन्देही । पहिलो चरणको कोभिडका कारण लामो समय लकडाउन भएपछि सबै क्षेत्र प्रभावित वन्न पुगे । जसका कारण कुनै उद्योग वन्द भए, भने कुनै वन्द हुने स्थितिमा पुगे । सोही क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा १३ कोटिहवामा सन्चालन हुँदै आएको टाईगर वन रिसोर्ट प्रालीले कोभिडको कारण देखाउँदै, कार्यरत ३ सय ९० जनालाई एकै पटक निष्काशन गर्यो ।
टाईगर वानले कार्यरत कर्मचारीहरुसंग कुनै सल्लाह नगरी कामबाट निष्काशन गरेको प्रत्येक कर्मचारीहरुको मेलमा अनौपचारिक रुपमा जानकारी दियो । कोभिडले रिसोर्ट वन्द भएपछि घर वसेका कर्मचारीहरु कामबाट निकालिएको सूचनाले आक्रोशित भए ।
शुरुमा टाईगर वान प्रालीसंग कोभिडले पारेको असरलाई अनुशरण गर्दै, बरु आफुहरु बेतलवी वस्ने तर कामबाट निष्काशन गर्न नहुने माग राखेर आन्दोलित भएपनि प्रालीले त्यसबारे कुनै सुनुवाई गरेन ।अन्तत, कर्मचारीहरु श्रम अदालत काठमाडौंमा रिट हाल्न बाध्य भए ।
फलस्वरूप शुक्रबार १ वर्ष ३ महिनामा श्रमिकहरुको पक्षमा फैसला भएको छ । आफू विरुद्धको मुद्दालाई प्रभावमा पार्न प्रालीले निकै कोशिस गरेको निष्काशित कर्मचारीहरुको भनाई छ । उनीहरु भन्छन्, ‘प्रालीले हामीलाई अन्याय गरेको थियो, आज न्याय पायौं ।’
अष्ट्रेलियन लगानीमा सञ्चालित सो प्रालीले कर्मचारीहरुलाई अष्ट्रेलियन नियम लाद्न खोज्दा कामदारहरुलाई कामबाट निकालिएको संघर्ष समितिका प्रमुख चित्र भन्डारीले बताएका छन् ।
श्रमिकहरुलाई टाईगर वानले नियम विपरीत हटाउन खोज्दा श्रमिकहरुलाई उपेक्षा गरेर अगाडि बढ्न खोजेका वेला कर्मचारीहरुले दिएको सुझावलाई बेवास्ता गर्दा न्यायका लागि रिट हाल्नु परेको समितिका प्रमुख भन्डारीको भनाई छ।
प्रालीले १ बर्ष ८ महिना सम्मको पनि सर्भिस चार्ज समेत नदिएको बताईएको छ । यो भनेको प्रतिव्यक्ति ७० हजार रुपैयाँ हुने संघर्ष समितिले जनाएको छ । प्रालीले निष्काशन गरेका कर्मचारीहरुले पुर्नबहाली, क्षतिपूर्ति र नियमित लगायतका माग राख्दै रिट हालेको र सो मागबारे श्रम अदालतले सुनुवाई गर्दै श्रमिकहरुको पक्ष फैसला सुनाएको समितिले बताएको छ ।
अब टाईगर वान प्रालीले कर्मचारीहरुलाई निष्काशन गर्नुभन्दा पहिले र हाल सम्म राखेका मागहरुलाई पुरा गर्न करिव १३ करोड ५० लाख रुपैयाँ दिनुपर्ने जनाईएको छ ।