काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको हो ।
लामो समयदेखि निडर र निर्भिक भएर पत्रकारिता गरिरहेका शिवाकोटीलाई केही दिनअघिमात्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि सम्मान गरेको थियो ।
उनलाई विभिन्न संघसंस्थाले यसअघि नगदसहित सम्मान गरिसकेका छन् । शिवाकोटीसँगै अन्य पत्रकारहरुलाई पनि विभिन्न मानपदवीसहित सम्मान गर्ने घोषणा गरिएको छ ।
सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु–
तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान, हरिबहादुर थापा ।