arrow

टाइगर वान प्रालिले कर्मचारीलाई ५० करोड क्षतिपूर्ति तिर्नुपर्ने 

logo
नारायण वली,
प्रकाशित २०७८ असोज ३ आइतबार
tiger-palace.jpg

रुपन्देही । पहिलो चरणको कोभिडका वेला कर्मचारीहरूलाई एकाएक कामबाट निकालेको टाइगर वान प्रालिले श्रमिकहरूलाई ५० करोड क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा-१३ कोटिहवामा सञ्चालन हुँदै आएको टाइगर वान रिसोर्ट प्रालीले कोभिडको कारण देखाउँदै, कार्यरत ३ सय ९० जना र काठमाडौँ स्थित रहेको एस एच एल (क्यासिनो) मा कार्यरत ५ सय जनालाई एकै पटक निष्कासन गर्दा प्रालीले थप घाटा व्यहोर्नु पर्ने देखिएको छ ।

सो क्रममा टाइगर वानले लकडाउनका कार्यरत कर्मचारीहरूलाई राख्न नसकिने कारण देखाउँदै कर्मचारीहरु संग कुनै सल्लाह नगरी कामबाट निष्कासन गरेको थियो।

निष्कासित कर्मचारीहरूले टाइगर वान प्रालीसंग कोभिडले पारेको असरलाई आफूहरूले बुझ्ने र बन्द अवधिभर पारिश्रमिक नलिएर प्रणालीलाई सहयोग गर्ने तर काम बाट भने निकाल्न नपाइने माग राखे पनि कुनै सुनुवाइ नभएको र बाध्य भएर मुद्दा दायर गरिएको र आफूहरूको जित हुन पुगेको सङ्घर्ष समितिका अध्यक्ष चित्र भण्डारीले बताए । 

श्रम अदालत काठमाडौँमा रिट दायर गरेका श्रमिकहरूले १ वर्ष ३ महिना पछि न्याय पाएका छन् । अस्ट्रेलियन लगानीमा सञ्चालित सो प्राली गुप्तचर रूपमा अहिले किनबेच हुन लागेको चर्चा पनि चलेको छ । अब यो अन्यौलता कामदारहरूलाई क्षतिपूर्ति नतिरी टाइगर वान प्रालीले मुक्ति नपाउने सङ्घर्ष समितिका प्रमुख चित्र भण्डारीले बताएका छन् । 

श्रमिकहरूलाई उपेक्षा गरेर अगाडि बढ्न खोज्दा प्रालीले यस्तो अवस्था व्योहोर्नु परेको जनाइएको छ । १ वर्ष ८ महिना सम्मको पनि सर्भिस चार्ज समेत बक्यौता रहेको बताइएको छ ।



नयाँ